एमालेका प्रमुख सचेतक ऐन महलाई ज्यान मार्ने धम्की



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की आएको छ ।

आजको प्रतिनिधिसभा बेठकमा समय माग गरेर बोल्दै उनले आफूलाई गोली हानेर ज्यान मार्ने धम्की आएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् ।

महरले धम्कीपूर्ण म्यासेज पढेरै सुनाएका थिए ।

उनले भने–हामी जनताबाट अभिमत लिएर यस सदनमा आएका छौं । जनताका कुराहरु बोल्न । हामी निरपेक्ष रुपमा सरकारको विरोध गर्दैनौं । हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गछौं । सरकारलाई हामी सहि बाटो देखाउन चाहन्छौं । विडम्बना सदनमा बोलिरहँदा केही व्यक्तिहरुलाई सरकारको विरोध गरेको आभाष हुँदोरहेछ र मलाई निरन्तर धम्की आइरहेको छ ।’

नम्बर र ठेगाना नै दिएर मार्छु भन्दै आफ्नो स्टाटसमा कमेन्ट आएको बताउँदै उनले भने–‘भखैरै मात्रै दुई जनाले मेरो स्टाटसमा कमेन्ट गर्नु भएको छ । उहाँले कमेन्टमा ‘ऐन महर आमा कस्सम म तलाई गोली हानेर मार्छु’ भन्नु भएको छ ।

महरले पराजुली राम भन्ने आइडीबाट मार्ने धम्की आएको बताउँदै धम्की दिने व्यक्तिले आफ्नो नम्बर ९७०३०९०३७७ उल्लेख गरेको बताएका छन् ।

धम्की दिने व्यक्तिले आफू काठामाडौ–६ बौद्ध महांकाल चोक संगम टोल बस्ने पनि उल्लेख गरेको महरले बताए । त्यसैगरी महरले पूर्ण विक्रम क्षेत्रीबाट पनि गोली हान्ने धम्की आएको सदनलाई जानकारी गराएका छन् ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्