उखुको २२ करोड बक्यौता नतिरेको आरोपमा मिल सञ्चालक पक्राउ



सर्लाही । उखु किसानको करिब २२ करोड रुपैयाँ बक्यौता भुक्तानी नगरेको आरोपमा अन्नपूर्ण चिनी मिलका सञ्चालक शैलेन्द्र गुप्ता र उनका सहयोगी विनोद साह कलवार पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार किसानको उजुरीपछि दुवै जनालाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।

उखु किसानहरूले लामो समयदेखि बाँकी रकम उपलब्ध गराउन उद्योग व्यवस्थापनसँग माग गर्दै आएका थिए। भुक्तानी नपाएपछि उनीहरूले उखु किसान संघको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय सर्लाहीमा समेत ध्यानाकर्षण गराएका थिए।

त्यसपछि पनि भुक्तानी नभएपछि उखु किसानले लामो समयदेखि आफूहरूले बिक्री गरेको उखुको रकम नपाएको भन्दै सम्बन्धित निकायमा उजुरी दिएका हुन।

प्रहरीका अनुसार किसान र उद्योगबीच गत आर्थिक वर्षमा खरिद गरेको उखुको रकम पटक–पटक छलफल भए पनि भुक्तानी नभएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो ।

दुवै जनाविरुद्ध सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: ३० असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्