गोलभेँडा फ्याँकेर माइतीघरमा प्रदर्शन, बिचौलिया हटाउन माग
काठमाडौं । उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरुले माइतीघरमा गोलभेँडा फ्याँकेर प्रदर्शन गरेका छन् ।
आज माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानहरुले गोलभेँडा पोख्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा उनीहरुले उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गरेका थिए ।
उनीहरुले गोलभेँडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य मूल्य तोक, कृषि बिमा लागू गर लगायत नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीहरुले विचौलिया हावी हूँदा गोलभेँडाको मूल्य नपाएको बताएका थिए ।
प्रकाशित मिति: ३१ असार २०८३, बुधबार










