कुमारी बैंक र मिनर्जी इनिसियटिभ्सबीच हरित बैकिङ प्रवर्धनका लागि रणनीतिक साझेदारी
काठमाडौं । सेवा, प्रक्रिया अनि रणनैतिक साझेदारी मार्फत दिगो विकास प्रवद्र्धनमा प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ्ग अभ्यास प्रवर्द्धनका लागि मिनर्जी इन्निसियटिभ्ससंग रणनितीक परियोजनाका लागि सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यबस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इन्निसियटिभ्सका अध्यक्ष्य श्याम सुन्दर श्रेष्ठले हस्ताक्षर गरेका हुन् । पर्यावरण तथा हरित बैकिङ्ग प्रवद्र्धनमा केन्द्रित यो संझौतामा समुदायलाई बैंकको लागि योग्य बनाउने र बैंकलाई पनि लक्ष्यित समुदाय अनुरुप क्षमता अभिबृद्धि गर्दै विभिन्न आयमहरुमा सहकार्य गर्ने फराकिलो कार्यदायरा स्थापना गरेको छ ।
“अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,” बैंकको दिगो बैंकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले भने । “यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ ।”
हाल कुमारी बैंकले आफ्ना २८६ शाखा, ३०४ एटीएम, ४० एक्स्टेन्सन काउन्टर, ४१ शाखारहित बैंकिङ्ग एकाइ र १,२३३ पीओएस टर्मिनल सहितको वृहत सञ्जाल र अत्याधुनिक डिजिटल बैंकिङ सेवामार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
साथै आफ्नो ग्राहक केन्द्रित नवीनता, पारदर्शी कार्यशैली र सुशासनका लागि परिचित कुमारी बैंक र मिनर्जी इन्निसियटिभ्सबीचको यो सहकार्यले हरित बित्त प्रवद्र्धन, दिगो आर्थिक विकास तथा स्वच्छ एवं जलवायु उत्थानशील भविष्यतर्फको यात्रामा महत्वपुर्ण ऊर्जा थप्ने विश्वास गरिएको छ ।
प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार










