हेर्नुस् आजको राशिफल
आइतबार, १० साउन २०८३ (२६ जुलाई २०२६)।
मेष: नयाँ कार्य वा रोजगारीको योजना बन्नेछ। रमणीय र सुखद् यात्राको योग छ। ज्ञानमा वृद्धि हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। शैक्षिक र वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। आजको मन्त्र- हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
वृष: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा बढी सफलता मिल्नेछ। वैदेशिक व्यापार र नोकरी गर्नेका लागि समय सन्तोषजनक रहनेछ। आजको मन्त्र: शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने।
भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।
मिथुन: एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका छ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजगता अपनाउनु होला।
भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
कर्कट: आत्मबलमा कमी आउनेछ। मन भावुक र उत्ताउलो बन्न सक्छ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला। स्वास्थ्यप्रति सचेत रहनु होला। तीर्थाटनको योग छ। साँझमा प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
भाग्यशाली रङ घ्यू रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।
सिंह: पारिवारिक सद्भाव बढ्नेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टाढिएका मित्रसँग नजिकिने समय छ।
भाग्यशाली रङ हरियो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कन्या: आहार-विहारमा विशेष सावधानी अपनाउनु होला। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। नयाँ योजना बनाएर अघि बढ्नु राम्रो हुनेछ। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ।
भाग्यशाली रङ खैरो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ५१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
तुला: काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। नसोचेको ठाउँबाट धन हात पर्नेछ। रमणीय र सुखद यात्राको योग छ। मन्त्र- फरक सोचले नै फरक सफलता मिल्नेछ।
भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ७४, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक: बिछोडिएका मित्रसँग पुनर्मिलनको योग छ। व्यापार व्यवसायमा फाइदा होला। बन्धुबान्धवबाट सहयोग मिल्नेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। प्रेमीसँग मधुर मिलन हुनेछ। मन्त्र- भावनालाई होइन, विवेकलाई सुन्नु।
भाग्यशाली रङ सेतो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६९, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
धनु: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।
भाग्यशाली रङ रातो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४३, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। तामसिक भोजन नगर्ने।
मकर: लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। कुनै कुराले आत्मिक सन्तुष्टि मिल्नेछ। स्वास्थ्यप्रति सजग रहनु होला। अधुरो कार्यले पूर्णता पाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। निलो रङको प्रयोग नगर्ने।
कुम्भ: बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। ताकेको नयाँ कार्यको योजना बन्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। स्वास्थ्यप्रति बढी सजग रहनु पर्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन: नयाँ कार्यको योजना बन्नेछ र शुभ कार्यको चर्चा हुनेछ। मान सम्मान बढ्नुका साथै शरीर स्वस्थ रहनेछ। महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर मिल्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। उत्तर दिशा नजाने।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







