सुनको भाउ बढ्यो, कति पु्ग्यो?
काठमाडौँ। नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य बढेको छ।
शुक्रबार तोलामा पाँच हजार आठ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार ६ सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा किनबेच भइरहेको छ।
शुक्रबार सुन प्रतितोला दुई लाख ८५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ।
शुक्रबार तोलामा चार हजार तीन सय ५० रूपैयाँमा कारोबार भएको चाँदी आइतबार चार हजार चार सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
ल्अभिि
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







