साँच्चै सुन्दर छ ट्याम्के (फोटो कथा)


 


भोजपुर, असार १९

प्राकृतिक सुन्दरताले भरिपूर्ण भएको ठाउँ हो, भोजपुर र खोटाङको संगमस्थलमा पर्ने ट्याम्के । समुन्द्र सतहदेखी ३ हजार १० मिटर अग्लो ठाउँमा ट्याम्के डाँडाँ पर्छ । खोटाङ सदरमुकाम दिक्तेलदेखी ५० किलोमिटर पूर्व र भोजपुर सदरमुकामदेखी करिब ५५ किलोमिटर पश्चिममा टेम्के डाँडाँ पर्छ ।

ट्याम्के प्राकृतिक, धार्मिक, सांस्कृतिक र भौगोलिक रुपले विशिष्ट पहिचान र महत्व बोकेको ठाउँ हो । ट्याम्के डाँडाँवाट विश्वको सर्वाेच्च शिखर सगरमाथा, मकालु, कञ्चनजंघा, गौरीशंकर लगायतका दजर्ना हिमशृंखलाको मनोरम दृश्यवलोकन गर्न सकिन्छ ।

त्यस्तै टेम्के डाँडावाट उदाउँदो र अस्ताउँदो सूर्यको राम्ररी दृश्यवलोकन गर्न सकिन्छ । मौषम सफा भएका बेला सिक्किम, दार्जिलिङ, कालेम्पोङ, सिलिगुढी, भुटान लगाएतका सहरहरु देख्न सकिन्छ । यँहाबाट इलाम, ताप्लेजुङ, धनकुटा, तेह«थुम, संखुवासभा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु लगाएतका जिल्लाहरु प्रष्टै देख्न सकिन्छ । हेरौ ट्याम्केका सुन्दर तस्बिरहरु

moon
चन्द्रमा
darsan gardei
दर्शन गर्न लामबद्ध भक्तजन
dahi chiura khadei
दही च्युरा खाँदै

tyamke 1

dhol

प्रकाशित मिति: १९ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्