काठमाडौँको चन्द्रगिरीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु



काठमाडौँ । काठमाडौँमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। चन्द्रागिरि नगरपालिका–१५ तीनथानामा सोमबार बिहान मिनी ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो। घटनामा अर्की एक महिला घाइते भएकी प्रहरीले जनाएको छ।

सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२-०३८ प ९८९७ नम्बरको स्कुटरलाई सोही तर्फ जाँदै ल।१ क ४२५६ नम्बरको मिनी ट्रकले आज बिहान करिब ३ बजे ठक्कर दिएको हो।

दुर्घटनामा स्कुटर चालक चन्द्रागिरि नगरपालिका–१२ निवासी ४० वर्षीय दीपक नेपालको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा ललितपुरस्थित बीएण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो।

दुर्घटनामा स्कुटरको पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपाल घाइते भएकी छन्। उनको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको पहरीले जनाएको छ।

प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रकका चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार