संसद बैठकको तयारीबारे सभामुख अर्यालद्वारा प्रमुख सचेतकहरूसँग छलफल
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका मुख्य सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी छलफल आगामी बिहीबार बस्ने प्रतिनिधि सभा बैठकको कार्यसूची र तयारीमा केन्द्रित रहेको छ।
बैठकलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने, दलहरूबीच समन्वय कायम गर्ने तथा आवश्यक संसदीय प्रक्रियाबारे छलफल गर्न सभामुखले दलका प्रतिनिधिहरूसँग संवाद गरेका हुन्।
सभामुखको सचिवालयका अनुसार बैठक व्यवस्थापन र संसदीय गतिविधिलाई व्यवस्थित रूपमा अघि बढाउने विषयमा पनि छलफल भइरहेको छ। लामो समयपछि प्रतिनिधि सभाको बैठक बिहीबार बस्न लागेको छ।
प्रकाशित मिति: १२ श्रावण २०८३, मंगलबार







