Deshko News
१३ आश्विन २०८०, शनिबार

मौसम र जलवायुको जानकारीका लागि किसानलाई मोबाइल फोन



रामपुर (पाल्पा),  जेठ ८

जलवायु प्रकोपबाट कृषि क्षेत्रमा हुनसक्ने क्षति न्यूनीकरण गर्न जिल्लाका किसानलाई मोबाइल फोन वितरण गरिएकोछ ।

यहाँका ४३ वटा अगुवा कृषक, कृषि सहकारी र समूहलाई मौसम र जलवायुको विषयमा जानकारीका दिनका लागि मोबाइल फोन वितरण गरिएको हो ।

कृषि विकास मन्त्रालयअन्तर्गत जलवायु प्रकोप समुत्थान निर्माण आयोजना कृषि व्यवस्थापन सूचना प्रणाली आयोजना व्यवस्थापन एकाइले मोबाइल फोन वितरण गरेको हो ।

कृषि व्यवस्थापन सूचना प्रणाली कार्यक्रमअन्तर्गत कृषि मौसम र जलवायुसम्बन्धी जानकारी सहजरुपमा पाउनका लागि सिमकार्डसहित मोबाइल फोन वितरण गरिएको गरिएको हो ।

किसानलाई जानकारीमूलक उत्पादनका प्रचारप्रसार, उत्पादन वृद्धिका लागि कृषि जलवायु तथा प्रविधिजडित जानकारीमूलक कृषि एप्ससहितको मोबाइल फोनसँगै मोबाइल रेनगेज, तापक्रम नाप्ने थर्मोमिटर वितरण गरिएको छ ।

मोबाइलबाट किसानले कृषिसम्बन्धी प्रश्न उत्तर, मौसमका बारेमा जानकारी, सूचना तथा जानकारीको अपडेट, कृषि र किसानको सफलताको कथालगायतका कुरा मोबाइलबाटै थाहा पाउने छन् ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत किशोरमान श्रेष्ठले किसानले सूचना प्रविधिलाई प्रयोग गरेर व्यावसायिक कृषि प्रणालीमा अगाडि बढाउन सहज हुने बताउनुभयो ।

कृषि सूचना सम्प्रेषणका लागि मोबाइल फोन पाएपछि यहाँका किसान निकै उत्साहित भएको रामपुरका अगुवा कृषक सूर्यप्रसाद रेग्मी बताउनुभयो । रासस

प्रकाशित मिति: ८ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News