भोजपुरमा न्यायिक संवाद कार्यक्रम


 


SAM_5866

भोजपुर, असार १९

शुुक्रबार भोजपुर सदरमुकाममा न्यायिक सम्बाद कार्यक्रम सम्पन्न भएको छ । जिल्ला अदालत भोजपुरको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अदालतको क्षेत्र, संरचना, कार्यविधिका बारेमा जिल्ला न्यायधिश कृपासुर कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

न्यायधिश कार्कीले भोजपुर जिल्ला अदालको बारेमा कार्यक्रमका सहभागीलाई प्रकाश पारेका थिए । जिल्ला अदालतले गरेका सुधार तथा सरोकारवालाहरुसँग अदालतले प्रदान गरेको सेवाको बारेमा छलफल समेत भएको थियो ।

कार्यक्रममा प्रहरी, प्रशासन, बुद्धिजिवी, पत्रकार र विद्यार्थीको सहभागिता थियो ।

प्रकाशित मिति: १९ असार २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्