नेपालमा आइफोन सेभेन र सेभेन प्लसको दाम घट्यो, कति छ मूल्य ?


 


काठमाडौं, जेठ ९
नेपाली बजारमा आइफोन सेभेन र आइफोन सेभेन प्लसको मूल्य घटेको छ । बिक्रीका लागि बजारमा आएको एप्पलको यो मोबाइल संस्करण लामो समयपछि मूल्य घटेको हो ।

अहिले नेपाली बजारमा यो फोनको मूल्य ८६ हजारदेखी सुरु भएर एक लाख ३२ हजारसम्म छ । फोनको क्षमता अनुसार बजार मूल्य फरक–फरक पर्ने गर्दछ ।

आइफोन सेभेन ३२ जीवीको स्टोरेज क्षमता भएको फोनको मूल्य ८६ हजार नेपाली रुपैयाँ छ भने आइफोन सेभेन प्लस २५६ जीवी स्टोरेज क्षमताको मोबाइलको मूल्य एक लाख ३२ हजार रुपैयाँ छ ।

केही अघिसम्म आइफोन सेभेन ३२ जीवीको मोबाइल ९१ हजार थियो भने सेभेन प्लस २५६ जीवीकोलाई एक लाख ३६ हजार रुपैयाँमा किनबेच भएके थियो ।

यस्तो छ आइफोन सेभेन र सेभेन प्लसको नेपाली बजार मूल्य

प्रकाशित मिति: ९ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्