Deshko News
१६ आश्विन २०८०, मंगलबार

जासुसको अभिनय गर्ने चर्चित बेलायती अभिनेता रोजरको निधन



एजेन्सी
जेम्स बोन्ड शृंखलाका चर्चित अभिनेता रोजर मूरको आज बिहान निधन भएको छ।

क्यान्सरबाट ८९ पीडित मूरको स्विट्जरल्यान्डमा निधन भएको उनको ट्विटरबाट परिवारले जानकारी दिएका हुन्। ब्रिटिश जासुसको अभिनयमा थुप्रै अवार्ड जितेका मूरलाई बेलायती सरकारले सरको उपाधि दिएको थियो।

मूर १२ वर्षसम्म जेम्स बोन्डको भूमिकामा देखिएका थिए। यसले उनलाई करोडपति मात्र होइन, प्रसिद्धि पनि दिलाएको थियो। उनी जेम्स बोन्डको ७ वटा शृंखलामा जासुसको अभिनयमा देखा परेका थिए।

मूर जेम्स बोन्डको अभिनय गर्ने तेस्रो हलिउड अभिनेता थिए। सन् १९७३ देखि १९८५ सम्म उनी जेम्स बोन्डकै भूमिकामा देखा परे। उनीभन्दा अगाडि जेम्स बोन्डको भूमिका अर्का चर्चित अभिनेता शान कोनरी देखिने गर्थे। कोनरीको उत्तराधिकारीको रुपमा पनि मूर जेम्स बोन्ड शृंखलामा देखिन्थे ।

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News