Deshko News
१६ आश्विन २०८०, मंगलबार

झापामा दुर्लभ मोलुरस अजिङ्गर भेटियो



झापा,  जेठ ११

झापाको भद्रपुरमा दुर्लभ जातका अजिङ्गर फेला परेको छ । भद्रपुर नगरपालिका–३ आपगाछीस्थित झिलमिले खोला किनारमा सानो आकारको पाइथन मोलुरस अजिङ्गर फेला परेको हो ।

करिब तीन इन्च गोलाइ र ६ फिट लम्बाइ भएको उक्त अजिङ्गरलाई स्थानीयवासीको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

सो अजिङ्गर जिल्ला वन कार्यालय झापामा बुझाइएको छ । नजिकै रहेको चारकोसे जङ्गलबाट निस्किएको अजिङ्गर केही दिनदेखि गाँउमा देखा पर्दैआएको स्थानीयवासी राजन पौडेलले बताउनुभयो । झिलमिले खोला किनारमा यसअघि पनि कमन पाइथन अजिङ्गर फेला परिसकेको उहाँले बताउनुभयो । रासस

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News