रोकियो एनसेलको फोरजी सेवा, यस्तो छ कारण


 


काठमाडौं, जेठ १३
एनसेलको फोरजी अनुमतिमा रोक लागेको छ । संसदको सार्वजनिक लेखा समितिले एनसेललाई दिएको चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) अनुमतिमा रोक लगाएको हो ।

एनसेलको स्वामित्व परिवर्तनबाट राज्यले पाउनुपर्ने ३० अर्ब रुपैयाँभन्दा बढी पुँजीगत लाभकर चुक्ता नभएसम्म फोरजीलगायत सम्पूर्ण सेवा रोक्न समितिले निर्देशन दिएको हो ।

एनसेललाई पछिल्लो पटक स्विडेनी कम्पनी टेलियासेनेराले एक खर्ब ४४ अर्बमा मलेसियन कम्पनी एक्जिएटालाई बिक्री गरेको हो। यो कम्पनी बिक्रीपश्चात आयकर ऐन २०५८ अनुसार एनसेलले तिर्नुपर्ने लाभकर नतिरेको उल्लेख छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्