Deshko News
१३ आश्विन २०८०, शनिबार

सिङ्गापुरमा सोई ढोले सोई



सिङ्गापुर, जेठ १३

सिङ्गापुरमा किरात राई जातिको महान् चाड उभौली अर्थात् साकेला भव्य रुपमा मनाइएको छ । त्यहाँ रहेका किरात राई समुदायले विभिन्न कार्यक्रमहरूको आयोजना गरी उभौली मनाएका हुन् ।

यलेदुंङ ५०७७ का अवसरमा किरात राई सांस्कृतिक मञ्चद्वारा सिङ्गापुरस्थित फुचो एसोसिएसन सभा हलमा आयोजित ‘साकेला कार्यक्रम’मा ‘शिली’ टिप्दै किरात राई समुदायले हर्ष र उल्लासपूर्वक उभौली मनाएको कार्यक्रममा सहभागी एक युवाले जानकारी गराए ।

उनका अनुसार परदेशमा रहेता पनि आफ्नो कला, संस्कृतिको जगेर्ना गरी भावी सन्ततीलाई संस्कार, संस्कृति र पहिचान परिचित गराउने उद्देश्यले ‘साकेला कार्यक्रम’को आयोजना गरिएको हो । कार्यक्रममा करिब तीन सयभन्दा बढीको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: १३ जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News