खोलाले बगाउँदा आमाछोरी बेपत्ता


 


खोटाङ, असार २०

खोलाले बगाएर खोटाङमा आमाछोरी बेपत्ता भएका छन । गोठमा सुतिरहेकी मात्तिम–५ की परीमाया राई र उनकी छोरी समिता राईलाई तावा खोलाले बगाएर बेपत्ता बनाएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले जानकारी दिए ।

बेपत्ताको खोजी भइरहेको प्रहरीको भनाई छ । वर्षासंगैको बाढीले खिदिमा गाबिसका १५ घरपरिवार बिस्थापित भएका छन् । खोबु, खरुवा र तावा खोला गाउँ पसेपछि ती गाउँका स्थानीयबासिन्दालाई  सुरक्षित ठाउँमा सारिएको छ ।

बाढीले खिदिमा र टेम्मामा सञ्चालित दुई वटा लघुजलबिद्युत आयोजनाको पावरहाउस बगाएको छ । यस्तै, खोलाले दुई वटा झोलुंगे पुल र दुई वटा काठे पुल समेत बगाएको छ ।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्