Deshko News
१६ आश्विन २०८०, मंगलबार

लुक्लामा दुर्घटना भएको गोमा एयरका को–पाइलटको पनि निधन



सोलुखुम्बु, जेठ १४
शनिबार लुक्लामा दुर्घटना भएको गोमा एयरका को–पाइलट (सहचालक) सुजन मानन्धरको पनि राति निधन भएको छ ।

लुक्लास्थित पासाङल्हामु निकोलनिकि अस्पतालमा उपचारको क्रममा राति निधन भएको अस्पतालले जनाएको छ ।

घाइते विमान परिचारिका प्रज्ञा महर्जनलाई उपचारको लागि राजधानीस्थित ग्रान्डी अस्पताल पठाइएको छ ।

चालक पारस कुमार राई र सहचालक सुजन मानन्धरको मृत शव बिहान एयर डाइनेस्टीको हेलिकप्टरबाट राजधानी पठाएको प्रहरीले जनाएको छ ।

९ एन ए के वाइ कल साइन भएको जहाज शनिबार दिउँसो २ बजे काठमाडौँबाट कार्गो उडान भरेर लुक्ला आएको बिमान अबतरण गर्नु अघि धावन मार्ग छेवैमा रहेको सल्लाको रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

तस्बिरः डिसी नेपाल

प्रकाशित मिति: १४ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News