करेन्ट लागेर मृत्यु


 


झापा, असार २०

झापाको दमक १५ स्थित हिमालय चिया बगानमा एकजना भारतीय नागरिकको करेन्ट लागेर ज्यान गएको छ ।

आइतबार बिहान सवा १० बजे वेल्डिङ गर्दै गर्दा करेन्ट लागेर बेहोस भएका भारत पश्चिम बंगालको पानीटंकी घर भएका २२ बर्षका राजु रायको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । राय गत बिहीबारदेखि केहि दिनको लागि चिया बगानमा वेल्डिङको काममा खटिएका थिए ।

प्रकाशित मिति: २० असार २०७२, आइतबार

प्रतिक्रिया दिनुहोस्