Deshko News
१६ आश्विन २०८०, मंगलबार

आइफोन ७ र सामसुङ ग्यालेक्सी ८ प्लसः कुन अब्बल ?



काठमाडौं, जेठ १५
भर्खरै सामसुङले ठूलो आकार ६.२ इन्चको स्क्रीन भएको सामसुङ ग्यालेक्सी एस ८ प्लस मोबाइल बजारमा ल्याएको छ । यसले ५.५ इन्चको आइफोन ७ प्लसलाई सानो बनाइदिएको छ ।

यी दुई मोबाइलमध्ये कुन अब्बल भन्ने चर्चाहरु पनि हुन थालेको छ । एप्पलको सबैभन्दा ठूलो फोनमा ५.५ इन्चको एलइडी ब्याकलिट टचस्क्रिन रहेको छ जुन रेटिना डिस्प्लेका रुपमा मान्यता प्राप्त छ ।

यसको रिजोलुसन प्रतिइन्च ४०१ पिक्सेल रहेको छ, जसको अर्थ नांगो आँखाले हेर्दा पनि तपाईंले यसमा कुनै थोप्ला देख्न सक्नुहुन्न ।यद्यपि, यस विधामा सामसुङले बाजी मारेको छ किनकी यसको एस८ प्लसले ठूलो स्क्रीनलाई उही आकारको बडीमा समावेश गरेको छ जुन ६.२ इन्च रहेको छ ।

यसका अतिरिक्त यसले प्रतिइन्च ५२९ पिक्सेलको रिजोलुसन दिन्छ । यसको डिस्प्ले मोबाइल एचडिआर प्रिमियम स्क्रिनका रुपमा प्रमाणित गरिएको छ जसको अर्थ यसले नयाँ भिडियो फम्र्याटले दिने फराकिलो रंगको दायरालाई डिस्प्ले गर्न सक्छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News