आज बजेट संसदमा प्रस्तुत, पुरानै कार्यक्रमलाई निरन्तरता


 


काठमाडौं, जेठ १५
आज संसदमा आर्थिक वर्ष ०७४÷७५ को बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री कृष्णबहादुर महराले रु १२ खर्ब ८० अर्बको बजेट संसदमा प्रस्तुत गर्नेछन् ।

बजेटका लागि करिब ७ खर्ब २० अर्ब राजस्व संकलन, ३ खर्ब वैदेशिक अनुदानरऋण, १ खर्ब ५० अर्ब आन्तरिक ऋण र १ खर्ब चालु आर्थिक वर्षको बचत र साँवा फिर्ताबाट जुटाइनेछ । नयाँ कार्यक्रम नराखिएको, ठूलो रकम विनियोजित राष्ट्रिय गौरवका अधिकांश योजनाको कार्यान्वयन सुस्त रहेको, कर्मचारीको तलबरभत्ता वृद्धि नगरिएको बजेट भएपनि आकार भने ठूलो छ ।

बजेट चालु आर्थिक वर्षको जस्तै कुल गार्हस्थ उत्पादन (जिडिपी) को ४० प्रतिशत हाराहारीमा हुनेछ । नयाँ नीतिरकार्यक्रम नभए पनि वित्तीय हस्तान्तरण बजेटमा नयाँ कुरा हुनेछ ।

 

स्थानीय तहका कार्यक्रम हटाइयो
स्थानीय तहले संविधानमार्फत पाएजति योजनारबजेट नपाएपनि उल्लेख्य रकम पाउनेछन् । विगतमा केन्द्रबाटै सञ्चालन हुँदै आएका कतिपय योजना बजेटसहित स्थानीय तहमा जानेछ । यस्तै, निःसर्त अनुदानका लागि १ खर्ब रुपैयाँको डालो हुनेछ, जसलाई योजना आयोगले बनाएको फर्मुलाअनुसार स्थानीय तहमा हस्तान्तरण गरिनेछ ।

स्थानीय तहमा जाने भएकाले ३२ वटा कार्यक्रम बजेट शीर्षकबाट हटाइएको छ । स्थानीय तहले संविधानमार्फत पाएजति योजनारबजेट नपाएपनि उल्लेख्य रकम पाउनेछन् ।

 

राष्ट्रिय गौरबका योजनामा ठूलो रकम
द्रुतमार्गमा १० अर्ब रुपैयाँभन्दा बढी विनियोजन छ । बूढीगण्डकी, हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, अन्तर्राष्ट्रिय विमानस्थल आदि राष्ट्रिय गौरवका योजनामा पनि ठूलो रकम विनियोजन गरिएको छ ।

अनौपचारिक अर्थतन्त्र नियन्त्रण गर्न सरकारी र निजी क्षेत्रको सबै ५ लाख बढीको कारोबार बैंकमार्फत गर्न अनिवार्य गरिने कार्यक्रम छ । रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा खर्च गर्ने योजनाअनुरूप जलविद्युत् परियोजनामा आकर्षित गर्ने कार्यक्रम पनि छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्