भोजपुरमा गाडी पल्टियो, सडक अवरुद्ध


 


भोजपुर, असार २१
भोजपुुरबाट धरान जाँदै गरेको बस अहिले विहान पल्टिदा सडक अवरुद्ध भएको छ । भोजपुरबाट धरान जाँदै गरेको ना ४ ख ५०५७ नम्बरको दोस्रो बस विहान साढे सात बजेतिर भोजपुर नगरपालिका १ भैंसीपंखाको गजुरमुखी भिर छेउमा पल्टिदा सडक अवरुद्ध भएको हो । घटनास्थलमा रहेका प्रहरीका अनुसार गाडीको ब्रेक फेल भएकोले पल्टिएको हो ।

मानविय क्षति भने भएको छैन् । यात्रुहरु सबै सकुशल छन् ।  प्रहरीले चालक कर्ण श्रेष्ठ र सहचालक जनार्दन काफ्लेलाई नियन्त्रणमा लिएको छ । विच सडकमा गाडी पल्टिदा यातायात अवरुद्ध भएको हो । सडक यातायात सुचारु गराउन यात्रु, स्थानीय र प्रहरी सक्रिय भएका छन् । घटनास्थलमा प्रहरी निरिक्षकको टोली पुगेको छ ।

प्रकाशित मिति: २१ असार २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्