भरतपुरमा मतगणना कि फेरि मतदान ?


 


भरतपुर, जेठ १६
मतगणनाका क्रममा मतपत्र च्याचिएपछि स्थागित भएको मतगणना कार्य अन्यौलमा परेको छ । मतगणना स्थगित गरेका मुख्य निर्वाचन अधिकृत नै अब के हुन्छ भन्नेमा ढुक्क छैनन् ।

निर्वाचन आयोगले दिने निर्देशनअनुसार नै उनी अगाडि बढ्ने छन् । तर, चितवनका राजनीतिक दलहरुले भने मतगणनाको टुंगो लगाउन माग गरिरहेका छन् ।

माओबादी केन्द्र र नेपाली कांग्रेसले निर्वाचन ऐनको धारा उपधारा उल्लेख गर्दै वडा नम्बर १९ मा पुनः मतगणना गर्न माग गरिरहेका छन् भने एमालेले पुनः निर्वाचनलाई नमान्ने र तत्काल मतगणना सुरु गर्न माग गरेको छ । नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्