Deshko News
१४ आश्विन २०८०, आइतबार

मिति सारेपनि राजपालाई चुनावमा जाने बाटो खुलेन, फेरि दुई माग अघि सार्यो




काठमाडौं, जेठ १६
सरकारले राष्ट्रिय जनता पार्टी नेपाललाई मनाउने उद्देश्यले स्थानीय तहको दोस्रो चरणको चुनावको मिति सारेपनि उसलाई अझै चुनावमा जाने बाटो खुलेको छैन ।राजपाले चुनावको मिति सार्ने पक्ष सकारात्मक भएपनि चुनावमा जान अझै पूर्ण रुपमा बाटो नखुलेको बताइरहेको छ ।

राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएपनि संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धिको माग सम्बोधन नहँदासम्म चुनावमा जान नसकिने बताएका छन् । उनले यी दुई माग सम्बोधन हुन सके राजपालाई चुनावमा जाने बाटो खुल्ने बताए ।

मिति सारेसंगै राजपाले आन्दोलनका घोषित कार्यक्रम पुनरावलोकन हुने या स्थगित हुन सक्ने जनाएको छ । राजपाका नेता मनीष सुमनले पनि यो माग पूरा नभएसम्म चुनाव मिति सार्नु न हर्ष न बिस्मात भएको बताएका छन् । नागरिक दैनिकमा खबर छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News