चाँगुनारायणमा एमालेले अग्रता बढाउँदै, वडा नम्बर ८ पनि एमालकै भागमा


 



भक्तपुर, जेठ १६
चाँगुनारायण नगरपालिकामा एमालेले आफ्नो अग्रता बढाउँदै लिएको छ । एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका सोम मिश्र कांग्रेस उम्मेदवार राजाराम खड्का भन्दा १ हजार ६७ मतले अगाडि छन् ।

मिश्रले सात हजार ४६४ मत प्राप्त गरेका छन् भने खडकाले ६ हजार ३९७ मत प्राप्त गरेका छन् । उपप्रमुख पनि एमालेकै उम्मेदवार अगाडि छन् । एमालेको तर्फबाट उपप्रम’खकी उम्मेदवार बनेकी विना बास्तोलाले ७ हजार ८३६ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी सरु बाँनियाले ६ हजार ९६५ मत पाएकी छन् ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहेका रवीन्द्रप्रताप शाहले ४ हजार ९८१ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले ४ हजार ३२७ मत ल्याएर पाएका छन् ।

नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार न्हुछे फोजूले ३ हजार ४८९ मत र उपप्रमुख रीता काफ्लेले तीन हजार १५ मत प्राप्त गरी प्रतिस्पर्धामा छन् ।
त्यसैगरि वडा नं ८ मा एमालेकोे समूह नै विजयी भएको छ ।

वडा नं ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, महिला सदस्यमा कृष्णा कार्कीले एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्य सत्यराम तसजुले एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरी विजयी भएका छन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्