भरतपुरमा एमालेद्वारा बिरोध प्रर्दशन र धर्ना, अनिश्चित मतगणना


 



लक्ष्मण गौतम
भरतपुर, जेठ १६
भरतपुर महानगरपालिकाको मतगणना स्थगित सुरु भएको नेकपा एमालेको बिरोध प्रर्दशन आज (सोमबार) पनि जारी छ ।

एमालेले आज बिहान नारायणगढ बजारको पुल्चोकबाट सुरु गरेको बिरोध प्रर्दशन मतगणना स्थल अगाडि गएर कोण सभामा परिणत भएको थियो । ठूलो संख्यामा रहेका एमाले कार्यकर्ताहरुले चर्का नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।

कोण सभालाई सम्बोधन गर्दे सांसद तथा एमाले चितवन जिल्ला कमिटीका अध्यक्ष कृष्णभक्त पोखरेलले घटनाको विरोध गर्दै जनताको मताधिकारको दुरुपयोग भएको आरोप लगाए । उनले जनमतको मताधिकार कदर गर्न पनि मतगणना सुरु गुर्नपर्ने अडान राखे ।

मतगणना सुरु नभएसम्म मतगणना स्थल अगाडि धर्ना दिने एमाले चितवनले जनाएको छ भने धर्नामा सहभागी हुन एमाले सचिब ईश्बर पोख्रेल चितबन आउने जनाइएको छ ।

मतपत्र च्यातिएपछि अनिश्चित बनेको चितबन भरतपुरको मतगणना एमालेले तत्काल सुरु गर्न माग गरेको छ भने कांग्रेस–माओवादीले पुनः मतदान गर्नु पर्नेमा जोड दिएका छन् ।

मतपत्र च्यातेको आरोपमा भरतपुरको कभर्ड हलबाट माओवादी केन्द्रका प्रतिनिधिहरू मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको थियो । एमाले चितवनले सोमबार बिहान पत्रकार सम्मेलन गरी तत्काल मतगणना सुरु गर्न माग गरेको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्