राजपाको बैठक बस्दै, के लिन्छ निर्णय ?


 


काठमाडौं, जेठ १७
स्थानीय तह दोश्रो चरणको निर्वाचनबारे निर्णय लिन आज राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बैठक बस्ने भएको छ । निर्वाचनमा भाग लिने वा नलिने विषयलगायतका विषयमा निर्णलय लिन राजपाको सचिवालय बैठक बस्न लागेको हो ।

बिजुलीबजारस्थित पार्टी कार्यालयमा अपरान्ह बस्न लागेको बैठकले सरकारले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सारेपछिको अबस्थाबारे छलफल हुनुका साथै पहिलो चरणको आन्दोलनको समीक्षा समेत गर्ने राजपा नेता मनिसकुमार सुमनले बताए ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति सारेपछि आन्दोलनमा रहेको राजपाले आगामी रणनीतिका विषयमा आन्तरिक छलफल गरिरहेको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्