भोजपुर कांग्रेसले टुंग्याएका उम्मेदवार यस्ता छन् (सूचिसहित)
भोजपुर, जेठ १७
स्थानीय तहको दोस्रो निर्वाचनका लागि नेपाली कांग्रेस भोजपुरले उम्मेदवार तय गरेको छ । भोजपुर नगरपालिका बाहेक कांग्रेसले उम्मेदवार तय गरेको हो ।
भोजपुर नगरपालिकामा भने चरम विवाद सृजना भएको छ । जिल्लाले कैलाश आलेलाई टिकट दिएको छ भने केन्द्रले बालकृष्ण थापालाई टिकट दिएको छ ।
कांग्रेसले टुंग्याएका उम्मेदवार यस्ता छन्
षडानन्द नगरपालिका– मेयर– बिरबल राई, उपमेयर–सिता श्रेष्ठ
साल्पा सिलिछो गाउँपालिका– अध्यक्ष–महेश राई
अरुण गाउँपालिका–अध्यक्ष– गजेन्द्रबहादुर कार्की, उपाध्यक्ष– विनिता ढकाल
पौवादुङ्मा गाउँपालिका–अध्यक्ष–शिसिरा राई, उपाध्यक्ष–मनोज कार्की
ट्याम्के मैयुङ गाउँपालिका–उपाध्यक्ष–सरोज बस्नेत
रामप्रसादराई गाउँपालिका–अध्यक्ष–दिनेश कार्की
हतुवागढी गाउँपालिका–अध्यक्ष–मदन खुलाल
आमचोक गाउँपालिका–अध्यक्ष–रविन राई, उपाध्यक्ष–भगवती राई
एमाले भोजपुरले टुंग्यायो उम्मेदवार (सूचिसहित)
माओवादी केन्द्र भोजपुरले छानेका उम्मेदवार यस्ता छन्
प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार
















