सहमतिको सरकार बनाउने सीमा सकियो, अब बहुमतीय प्रक्रिया


 


काठमाडौं, जेठ १८
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक हप्ताको समयसीमा बुधबार राति सकिएको छ ।

सहमतीको सरकार बनाउने सम्भावना टरेपछि अब बहुमतीय प्रक्रियाबाट सरकार बनाउने कसरत सुरु हुनेछ । आजै राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गर्नेछिन् ।

यससंगै सहमतीको सरकार बनाउनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतीय सरकार गठनको तयारी थालिसकेका छन् ।

उनले आफू निटकका नेताहरुसँग सरकारका विषयमा अनौपचारिक छलफल सुरु गरिसकेका छन् । सत्ता साझेदार नेकपा माओबादी केन्द्रको पनि समर्थन हुने भएकाले बहुमत पुग्नेमा देउवा ढुक्क छन् ।

प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्