Deshko News
१६ आश्विन २०८०, मंगलबार

नेपाली अपहरण गर्न डोटी पुगेको भारतीय प्रहरी नियन्त्रणमा, यस्तो छ कारण



डोटी, जेठ १९

डीएसपीको नेतृत्वमा अनधिकृत रुपले डोटी पुगेर नेपालीलाई पक्राउ गर्ने भारतीय प्रहरी टोली नेपाल प्रहरीको थुनामा परेको छ । बुधबार मध्यराति नेपालीलाई अपहरण शैलीमा पक्राउ गर्ने भारतीय प्रहरी समूहलाई डोटी प्रहरीले थुनामा राखेको हो ।

भारतीय प्रहरी टोलीले डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई मध्यरातमा पक्राउ गरेको थियो ।

स्थानीयका अनुसार राति करिब दुई बजे भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्की र अन्य भारतीय प्रहरीको समूहले घरमै सुतेका बेला लालबहादुर आउजीलाई अपहरणको शैलीमा पक्राउ गरेका थिए ।

भारतमा काम गर्ने आउजीमाथि भारतबाट करिब १५ लाख भारतीय रुपैयाँ चोरेर ल्याएको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार, अपहरण शैलीमा आएका व्यक्तिहरु भारतीय प्रहरीका डिएसपीसहितका सुरक्षाकर्मी हुन् । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज विष्टले घटनाबारे छानबिन भइरहेको बताए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News