भिरबाट लडेर भोजपुरमा एक जनाको ज्यान गयो



भोजपुर, जेठ १९
भिरवाट लडेर भोजपुर नगरपालिका ११, आम्तेकमा एक जनाको ज्यान गएको छ । भिरबाट लडेर ६५ वर्षीय बौवा राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएकोे छ ।

स्थानीयले आम्तेक मुलावारीको लालिखहरे खोलामा शुक्रवार मृत अवस्था भेटेपछि प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले घटना स्थलमापुगेर मुचुल्का तयार गरी पोष्टमार्टम लागि जिल्ला अस्पातल लगेको छ । जेष्ठ १७ गतेबाट हराई रहेका राई कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्त रहेको प्रहरी भनाई छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्