बाटामा भेट्टाइएको २ लाख रकम सम्बन्धितलाई दिइयो


 


पोखरा, जेठ २०

यही जेठ १० गते पोखरा–लेखनाथ महानगरपालिका–४ पन्थी गल्लीमा भेट्टाइएको रु २ लाख शुक्रबार सम्बन्धित व्यक्तिलाई बुझाइएको छ ।

ठगी, चोरी, डकैती र लुटपाट गरी अर्काको पैसा लिने प्रवृत्ति दिनहुँजसो बढ्दै गएको यस जमानामा इमान जमान पनि कहीँकतै रहँदो रहेछ भन्ने उदाहरण तारा लुइँटेल र गीता अधिकारीले देखाउनुभयो ।

उहाँहरुले पैसा भेट्टाएपछि पोखराको एक विद्युतीय सञ्चारमाध्यमलाई खबर गर्नुभएको थियो । सञ्चारमाध्यमबाट पैसा भेट्टिएको खबर पाएपछि बैंकबाट पैसा झिकेर घरतर्फ जाँदा बाटामा खसाल्नुभएका कास्की, माछापुच्छ्रे गाउँपालिका–४ का हरि रानाभाट जिल्ला प्रहरी कार्यालयमा पुग्नुभएको थियो ।

रानाभाटले बैंकबाट झिकेको प्रमाण र उहाँकै पैसा भएको पुष्टिपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीको रोहबरमा लुइँटेल र अधिकारीले पैसाधनी रानाभाटलाई रु दुई लाख हस्तान्तरण गर्नुभएको थियो ।

आफ्नो गुमेको पैसा पाएपछि रानाभाट निकै हर्षित हुनुभयो र ती दुई इमान्दारलाई एक एक थान नयाँ घडी उपहार दिनुभयो ।

प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्