भोजपुरमा आगलागीबाट बाालिकाको मृत्यु
भोजपुर, जेठ २०
भोजपुरमा आगलागीबाट एक बालिकाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
हतुवागढी गाउँपालिका–५ होम्ताङ्गमा शुक्रबार दिउँसो आगलाीि हुँदा ४ वर्षिया वालिका खिम्दुङ राईको मृत्यु भएको हो ।
घर संगै रहेको गोठमा आगो खेलाउने क्रममा आगलाीि हँुदा आगोमा पीि राईको मृत्यु भएको आफन्त युवाराज राईले जानकारी दिए ।
आगोबाट बालिकाको आमा चन्द्रकुमारी राई घाइते भएकी छिन् । राइको हात र मुख जलेको प्रहरीले जनाएको छ । घाइतेको घोडेटार पोलि क्लिनिकमा उपचार भइरहेको छ । आगलागीबाट ४ वटा गोठ र चौपाय पनि जलेका छन् ।
प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार
















