Deshko News
१६ आश्विन २०८०, मंगलबार

पिकनिक खान जाँदा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु



रत्ननगर (चितवन), जेठ २१

चितवनको माडीमा पिकनिक खान गएका दुई बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

शनिबार साथीहरुसँग पिकनिक खान गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिखा परियार र सात वर्षीया दीपिका सुनारको पानीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार पानीमा डुबेर गम्भीर बनेका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

दिनेश परियारकी छोरी दीपशिखा र दुर्गा सुनारकी छोरी दीपिका साथीहरुसँग पिकनिक खान गएका थिए । सो क्रममा नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा उनीहरु डुबेको प्रहरीले जनाएको छ ।

डुबेर बेहोस अवस्थामा उद्धार गरिएका उनीहरुमध्ये दीपिकाको चितवन मेडिकल कलेजमा र दीपशिखाको स्थानीय मेडिकलमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: २१ जेष्ठ २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News