लन्च हुँदै नोकिया–३, ५ र ६ मोडल, कति छ मूल्य ?


 



एजेन्सी
नोकिया र एचएमडी ग्लोबलका तीन दमदार मोबाइल फोन भारतमा लन्च हुँदैछन् । नोकिया–३, नोकिया–५ र नोकिया–६ मोडल भारतमा जुन १३ मा लन्च गरिँदैछ ।

 

नोकिया–३

यो मोबाइलमा मिडियाटेकको प्रोसेसर छ । ८ मेगापिक्सलको रियर र फ्रन्ट क्यामरा, २ जीबी र्याम, १६ जीबी स्टोरेज, २ हजार ६५० एमएएचका ब्याट्री छ । फोनमा एन्ड्रोयड नूगट ७.० अपरेटिङ्ग सिस्टम छ । यसको मूल्य १० हजार भारु छ ।

 

नोकिया–५

यस मोबाइलमा ५.२ इन्चको फुल एचडी डिस्प्ले, एन्ड्रोयड नूगट ७.०, २ जीबी र्याम, १६ जीबी स्टोरेज, ४३० प्रोसेसर, १३ मेगापिक्सल रियर क्यामरा, ८ मेगापिक्सलको फ्रन्ट क्यामरा र ३०० एमएएच को व्याट्री छ । यसको मूल्य १५ हजार भारु तोकिएको छ ।

 

नोकिया–६

यो मोबाइलमा ५.५ इन्चको फुल एचडी डिस्प्ले, साथै २.५ डी गोरिल्ला ग्लास प्रोटेक्शन, एन्ड्रोयड ७.० नूगट, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, क्वलकम स्न्यापड्रयागन ४३० प्रोसेसर, १६ मेगापिक्सल रियर क्यामरा, ८ मेगापिक्सल फ्रन्ट क्यामरा र ३००० एमएएचको ब्याट्री छ । यसको मूल्य १८ हजार भारु रहन सक्ने छ ।

प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्