Deshko News
१३ आश्विन २०८०, शनिबार

राजपा नेता यादवले अचानक किन भेटे एमाले नेता खनाललाई ?



काठमाडौँ, जेठ २६

नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवबीच आज खनाल निवास डल्लुमा समसामयिक राजनीतिक विषयमा भेटवार्ता भयो ।

भेटका क्रममा देशको वर्तमान परिस्थिति, राजनीतिक घटनाक्रम, संविधान संशोधन र निर्वाचनका विषयमा छलफल भएको थियो ।

नेता खनालले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनमा भाग लिई जनताको मर्म र भावनालाई सम्मान गर्दै अगाडि बढ्न आग्रह गर्नुभएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: २६ जेष्ठ २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News