फेरि नेपालमा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प



काठमाडौं, जेठ २९
झण्डै दुई महिना पछि आज गोरखा भूकम्पको पराकम्प गएको छ । आज साँझ ५ बजेर ३९ मिनेट जाँदा दोलखा केन्द्र केन्द्रविन्दु भएर ४ दशमलब १ रेक्टर स्केलको पराकम्प गएको हो ।

पराकम्पको धक्का दोलखा र आसपासका जिल्लामा महशुस गरिएको थियो । यसअघि गएको अप्रिल २४ तारिखमा सिन्धुपाल्चोक केन्द्र विन्दु भएर ४ दशमलब २ रेक्टर स्केलको पराकम्प गएको थियो ।

अहिलेसम्म गोरखा भूकम्पका ४ रेक्टर माथिका ४ सय ८१ पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्