Deshko News
१६ आश्विन २०८०, मंगलबार

साढे तीन अर्बमा बन्ने भयो धरहरा, पुरातत्व विभागले बनायो यस्तो डिजाइन



काठमाडौं, जेठ ३१
नेपाल टेलिकमले रुची देखाएको धरहरा बनाउँन साढे तीन अर्ब रुपैयाँ खर्च लाग्ने गरी पुरातत्व विभागले नयाँ धरहराको डिजाइन तयार पारेको छ ।

करिब ४० रोपनीमा बनाउने यो धरहराका लागि ३ अर्ब ६७ करोड १९ लाख १२ हजार रुपैयाँको अनुमानित बजेटसहितको डिजाइन टेलिकमलाई हस्तान्तरण गरेको पुरातत्व विभागका इन्जिनियर प्रेमराज पोखरेलले जानकारी दिनुभयो । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

यो डिजाइन अनुसार आधुनिक धरहरा बनाउँन मात्रै ९२ करोड ८२ लाख खर्च हुँदै छ।११ तले यो धरहरामा लिफ्टाबाट जाने, बाहिरी साजसज्जा पुरानै आकृतिको देखिने भएपनि भित्र भने स्टील प्रयोग हुने गरी डिजाइन गरिएको पोखरेलले जानकारी दिनुभयो।

विभागका अनुसार २०७२ बैशाखको भुकम्पले भत्काएको धरहराको संरचना भने जस्ताकौ जस्तै राखिने छ।उक्त संरचना सँगै नयाँ संरचना बन्ने छ।पुरानो धरहराको ओगटेको ६ रोपनी, टक्सार विभागको १२ रोपनी, गोश्वारा हुलाकको १२ रोपानी र सुन्धाराको १० रोपनी रोपनी ४० रोपनी क्षेत्रफलमा नयाँ धरहरा बन्ने गरी डिजाइन तयार पारिएको छ।

नयाँ बनाइने धरहराले हालको गोश्वारा हुलाक, टक्सार विभाग, धरहरा र हुलाकबीचको बाटोसहितको क्षेत्र ओगट्ने छ।यो क्षेत्रमा धरहरा मात्रै रहने र बाँकी खुला चौर हुने छ।सवारी साधन पार्किङ, रेस्टुरेन्ट, संग्राहालय, लाइब्रेरी, टक्सार विभागको मेसिनसहितको अन्य संरचना भने अन्डरग्राउन्डमा मात्रै रहने छन्।

धरहराको अगाडि भने एउटा वाटर फाउन्डेसन र टिकटघर मात्रै रहने पनि उल्लेख छ। १३४ वटा गाडी र ७७२ वटा मोटरसाइकल पार्किङ गर्न सक्ने गरी डिजाइन गरिएको भएपनि अन्डरग्राउन्डमा करिब २ हजार सवारी साधन पार्किङका लागि दैनिक प्रयोग हुने अनुमान गरिएको छ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News