असार ५ गतेबाट मोबाइल एक्स्पो हुने


 


काठमाडौँ, असार १

केएल मोबाइल हब यही असार ५ गतेबाट सञ्चालनमा आउने भएको छ । चाबहिलस्थित केएल टावरको भुइँ तल्लामा सञ्चालनमा आउने केएल मोबाइल हबमा विश्व बजारमा पाइने २३ भन्दा बढी मोबाइल कम्पनीका उत्पादनको कारोबार गरिने छ ।

हबमा एमआइ, आइफोेन, सामसङ, सोनी एक्सपेरिया, जियोनी, ओप्पो, एचटिसी, जेटटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो र ओबिआइका टच एण्ड फिल काउन्टर समेत रहने हबका सञ्चालक सङ्गम राइले बताउनुभयो ।

नेपालमै पहिलो पटक फरक अवधारणामा सञ्चालनमा आउने उक्त हबमा ६० मिनेट मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेन्ज र टच एन्ड फिल जोनको सुविधा पनि रहेको छ ।

प्रकाशित मिति: १ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्