Deshko News
१४ आश्विन २०८०, आइतबार

कस्तो आउँदैछ आइफोन ८, के–के छन् विशेषता ?



एजेन्सी

एप्पलको बहुप्रतिक्षित आइफोन एट बजारमा आउनुअघि नै लगभग सबैजसो फिचर्सबारे खुलासा भइसकेको छ । आइफोन एट आगामी सेप्टेम्बरमा लञ्च गर्ने एप्पलको योजना रहेको छ ।

यद्यपि एप्पल आफैले भने अहिलेसम्म आधिकारिक रुपमा आइफोन एटका फिचर्सका बारेमा कुनै पुष्टि गरेको छैन तथापि विभिन्न श्रोतहरुलाई उधृत गर्दै अहिलेसम्मकै अत्याधुनिक भनिएको यो फोनका बारेमा अनेक तथ्य बाहिर बाहिर आइरहेका छन् ।

आइफोन एटको लिक भएको तस्वीरबाट यो खुलासा हुन्छ की यो पटक एप्पलले आइफोनको डिजाइनमा ठूलो परिवर्तन गर्दैछ ।

यो पटक लिक भएका तस्वीरमा सबैभन्दा धेरै यसको टेम्पर ग्लास तथा स्क्रिनको चर्चा भैरहेको छ । आइफोन एटको स्क्रिन ५.८ इन्चको हुनेछ । यसको स्क्रिन पनि स्क्रयाच प्रतिरोधी बेजल ग्लासले युक्त हुनेछ ।

यसपटक आइफोनको क्यामरामा पनि परिवर्तन देख्न पाइनेछ । आइफोन एटको डुअल क्यामरा तेर्सो नभै ठाडो लहरमा हुनेछ ।

साथै यसपटक आइफोन एटमा फिंगरप्रन्ट सेन्सर अगाडि पट्टि हुँने सम्भावना देखिएको छ । अधिकांस मोबाइलमा फिंगरप्रिन्ट सेन्सर पछाडिपट्टि हुँने गरेका छन् । साथै आइफोन ८ को फिचरमा बायोमेट्रिक सिस्टम पनि सामेल हुने समाचारहरुमा जनाइएको छ ।

प्रकाशित मिति: ९ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News