माओवादीले सरकारमा पठाउने मन्त्रीको नाम टुंग्यायो, को-को हुने भए मन्त्री ?



काठमाडौं, असार २१
नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रले पाँच जना मन्त्रीको नाम फाइनल गरेको छ भने उनीहरू मध्ये दुई जनाको मन्त्रालय समेत टुंगो लागेको छ ।

माओवादीले सात जना मन्त्री सत्ताको नेतृत्व गरेको कांग्रेससँग माग गरेको छ । आफ्नो पार्टीले कम्तिमा ६ र बढीमा ७ जना मन्त्री पाउनुपर्ने माग गरेको माओवादी नेतृ पम्फा भुसालले बताइन्।

यसअघि माओवादीका तीन मन्त्री भइसकेका छन् । माओवादीबाट मन्त्री हुनेमा महेन्द्रबहादुर शाही, श्यामकुमार श्रेष्ठ,शिबकुमार मण्डल, टेकबहादुर बस्नेत र आशा कोइराला रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News