धरान उपमहानगरमा अवरुद्ध मतगणना सुरु हुँदै, के भयो सहमती ?


 


धरान, असार २२
सोमबारदेखि रोकिएको धरान उपमहानगरपालिकाको मतगणना सुचारु गर्ने समहती भएको छ ।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख निर्वाचन अधिकृत अर्जुनप्रसाद कोइरालाको रहोबरका बसेको सर्वपक्षीय छलफलमा अहिले विहानदेखि मतगणना सुचारु गर्ने सहमती भएको हो ।

मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि गत सोमबार रातिदेखि धरान उपमहानगरको मतगणना स्थगित भएको थियो ।
धरानको निर्वाचन कार्यालयको लागि इलाका प्रशासन कार्यालय धरानका प्रमुख कमलबहादुर थापालाई नयाँ अधिकृतको रुपमा ल्याइएको छ ।

दलहरुबीच निर्वाचन कार्यालयका गणक कर्मचारीको विषयमा छानविन गर्ने र दोषी पाइएमा कारबाही गर्ने सहमती बनेको छ ।

प्रकाशित मिति: २२ असार २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्