सरकारमा जानेबारे उपेन्द्र यादवले खोले यस्तो पोल



काठमाडौँ, असार २२
सङ्घीय समाजवादी फोरम नेपालले पार्टी तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको जनाएको छ ।

पार्टीले आज विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय र सामान्य छलफलसमेत नभएको स्पष्ट गरेको छ ।

‘चुनाव हुनै नदिई मधेसलाई अस्थिर बनाइराख्ने प्रतिगामी तत्वहरुको षड्यन्त्रलाई परास्त गर्न जित वा हारको पर्वाह नगरी पार्टी चुनावमा होमिएको’ केन्द्रीय सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

पार्टीले परिमार्जनसहित संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, थारु, उत्पीडितलगायत अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गरी अधिकार सुनिश्चितताका लागि सदा झँैं प्रतिबद्ध रहने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News