झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी


 


झापा, असार २३
झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेस रमेश भुजेल एमाले जिल्ला अध्यक्ष चिन्तन पाठकलाई ६४३ मतले पराजित गर्दै गाउँपालिका प्रमुख बनेका छन् ।

भुजेल ७ हजार ९ सय ९६ मत ल्याए भने उनका निकटम प्रतिद्वन्दी पाठकले ७ हजार ३ सय ५३ मत ल्याए ।

यस्तै, उपमेयरमा भने एमालेकी उम्मेदवार मिरा भुर्तेल विजयी भएकी छन् । उनले ७ हजार ४ सय ५७ मत प्राप्त गरिन् ।

उनकी निकटम प्रतिद्वन्दी कांग्रेसकी चन्द्रकला भट्टराईले ६ हजार ८ सय ४ मत ल्याइन् । यहाँ २ हजार ६६ मतसहित माओवादी केन्द्र तेस्रो शक्ति बनेको छ ।

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्