धनगढीमा कांग्रेसले अग्रता बढाउँदै, माओबादी एक स्थान माथि


 



धनगढी, असार २३
कैलालीको धनगढी उप–महानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता बढाउँदै लिएको छ ।

पछिल्लो मतपरिणामअनुसार कांग्रेसका नृप ओड आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाल भन्दा १ हजार १५२ मतले अगाडि छन् ।

ओडले ११ हजार ५८९ मत प्राप्त गरेका छन् भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले १० हजार ४३७ मत पाएका छन् ।
यस्तै सुरुदेखि नै तेस्रो र दोस्रो स्थानमा रहँदै आएका नेकपा एमाले उम्मेदवार दुर्गाप्रशाद जोशी चौथो स्थानमा झरेका छन् । उनी माओबादी केन्द्रका रामसझज राना भन्दा पछि परेका छन् ।

जोशीको पक्षमा ८ हजार १९६ मत पुग्दा माओवादी केन्द्रका रानाले ८ हजार २६२ मत पुर्याएका छन् । यहाँ उपमेयरमा पनि कांग्रेस भारी मतले अगाडि छ ।

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्