राजपालार्इ मनाउन असारभित्रै संविधान संशोधन प्रयास


 


काठमाडौं, असार २४

सरकारले असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपालाई सहभागी गराउन असारभित्रै संविधान संशोधनका लागि प्रयास गर्ने प्रतिवद्धता जनाएको छ ।

सरकार र राजपा नेताबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बार्तामा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सकेसम्म चाँडै संविधान संशोधन गर्ने गरी पहल सुरु गर्ने जनाएका थिए । आजको नागरिकमा खबर छ ।

राजपाका नेताहरुले असारभित्रै स्रशोधन गर्न आग्रह गरे । उनीहरुले यसअघि राजपासँग गरिएको तीनबुँदे सहमति पनि असारभित्रै कार्यान्वयन गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्