महिलाको पेटबाट ३५ किलाको ट्युमर निकालियो


 



काठमाडौं, असार २४
त्रिवि शिक्षण अस्पतालमा एक महिलाको पेटबाट ३५ किलोग्रामको गाँठो (ट्युमर) शल्यक्रियाको माध्यमले निकालिएको छ।

अस्पतालको दाबीअनुसार पाठेघर छेउछाउको तन्तुबाट पलाएर बनेको यति ठूलो ट्युमरको मुलुकमा यो पहिलो सफल शल्यक्रिया हो । आजको कान्तिपुरमा खबर छ ।

शल्यक्रिया गर्नुअघि गाँठोलाई विभिन्न अंगबाट छुट्याउन उचाल्नुपर्दा डाक्टरहरुलाई निकै अप्ठेरो परेको थियो ।

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्