धनगढी उपमहानगरका मेयर बने कांग्रेसका नृप वड


 



धनगढी, असार २४
प्रदेश नम्बर ७ को एक मात्रै उपमहानगरपालिका धनगढीको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार नृप वड विजयी भएका छन् ।

उनी १४ हजार ३२४ मतसहित मेयरमा विजयी भए । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई २ हजार ७९७ मतले पछि पारे । हमालले ११ हजार ५२७ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा पनि कांग्रेसकी सुशीला मिश्र भट्ट विजयी भइन् । उनले १७ हजार ४०८ मतसहित प्राप्त गरिन् ।

उनले आफ्ना निकटतम प्रतिस्पर्धी एमालेकी रुकमणी देवकोटालाई करिब साढे चार हजार बढी मतले पराजित गरिन् । एमालेकी देवकोटाले १२ हजार ७७३ मत ल्याइन् ।

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्