झापाको मेचीनगर प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले


 


झापा, असार २४

मेचीनगर नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका विमल आचार्य विजयी हुनुभएको छ । शुक्रबार राति आएको अन्तिम परिणामानुसार उपप्रमुखमा भने नेकपा(एमाले)की मीना उप्रेती विजयी हुनुभएको छ ।

प्रमुखमा विजयी आचार्यले २० हजार ७७६ र उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका विष्णु प्रसार्इँले १९ हजार ४२२ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपप्रमुखमा विजयी उप्रेतीले १९ हजार ९४ र उहाँका निकतटम प्रतिद्वन्द्वी काङ्ग्रेसकी दुर्गा खतिवडाले १९ हजार ७७ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्