यस्तो आयो बिराटनगर महानगरको ताजा मतपरिणाम


 



बिराटनगर, असार २४
विराटनगर महानगरपालिकाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

कांग्रेसका उम्मेदवार भीम पराजुली आफ्ना निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद ढकाल भन्दा ४ हजार बढी मतले अगाडि छन् । पराजुलीले १६ हजार ५ सय २७ मत पाएका छन् भने एमालेका ढकालले १२ हजार ३ सय ७७ मत प्राप्त गरेका छन् ।

संघीय समाजवादी फोरमका उमेशकुमार यादव ११ हजार ५ सय ७५ मतसहित तेस्रो स्थानमा छन् ।

त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै अग्रता छ । नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार इन्दिरा कार्की भारी मतले अगाडि छन् ।उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी माओबादी केन्द्रकी नमिता न्यौपानेभन्दा ५ हजार बढी मतले अगाडि छन् ।

कार्कीले १४ हजार ४ सय ३१ मतसहित ल्याएकी छन् भने माओवादी केन्द्रकी न्यौपानेले ८ हजार ८ सय ८७ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति: २४ असार २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्